काठमाडौं । प्रदर्शनकारीले संसद् भवनमा आगजनी गरेका छन् । सोमबार प्रदर्शनमा १९ जना मारिएपछि आक्रोशित भएको जेनजी आन्दोलनको भिडले केहीबेरअघि नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेर भवनभित्रै आगजनी गरेको हो ।

सोमबार मात्रै प्रदर्शनका क्रममा प्रहरीको दमनबाट बानेश्वरमा १७ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले आज दोस्रो दिन झन आनदोलन चर्काएका छन् । आन्दोलनकारीले संसद भवन कब्जा गरेर आगो लगाएको यो दुर्लभ घटना हो ।














