Logo
Logo

राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राप्रपाका संघ र प्रदेशका सबै ४२ सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएको जानकारी दिए । सोमबार सुरु भएको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु र चार सय भन्दाबढी घाइते भएपछि युवाहरुले आन्दोलन झन चर्काएका छन् । उनीहरुले आजपनि विभिन्न स्थानमा आजगनीस् तोडफोड गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्