काठमाडौं । प्रदर्शनकारीले विराटनगरस्थित कोइराला निवासमा आगजनी गरेका छन् । नाराबाजी गर्दै पुगेका प्रदर्शनकारीले निवासमा आगजनी गरेका हुन् ।

आगजनीबाट निवासको ग्यारेजमा पार्किङ गरेर राखिएको सवारीसाधनमा क्षति पुगेको छ । हाल यो निवासमा कांग्रेस नेता डा.शेखर कोइराला बस्दै आएका छन् । कोइराला यतिबेला चीन भ्रमणमा छन् ।














