Logo
Logo

तीनकुनेमा श्रीमान श्रीमतीकाे शव भेटियाे


4k
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय भने खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्