Logo
Logo

राष्ट्रपतिलाई सार्वजनिक गर्न विद्यार्थीहरुको माग


504
Shares

काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका छन् । नेपाल कमर्स क्याम्पस बानेश्वरमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं भन्दै राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा शीतलनिवास तोडफोड तथा आगजनी गरिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाहिर देखिएका छैनन् । उनलाई नेपाली सेनाले सुरक्षा दिइरहेको बताइन्छ ।

‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, उनीहरुले भननेका छन् ।

प्रतिक्रिया दिनुहोस्