
काठमाडौं । रौतहटको गौर कारागारबाट भागेका ५२ कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा मंगलबार राति हुलहुज्जत गरेर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विनोद खडकाले बताए ।
यसैगरी कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा पक्राउ गरी रौतहट प्रशासनको जिम्मा लगाएको छ । भागेकामध्ये २ जना महिला र बाँकी पुरुष कैदी रहेका छन । फरार कैदीहरुलाई सम्पर्कमा आउन समेत अपील गरिएको छ ।














