काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर सो जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ । असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्याउन भीआईपी कक्ष बन्द गरिएको जनाइएको छ । आज विमानस्थलबाट नियमित उडानरअवतरण भइरहेका छन् ।














