Logo
Logo

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्ञाइकर्ता अझै फरार


252
Shares

वीरगञ्ज । पर्साको बालसुधारगृह तोडफोड गरी गत मङ्गलबार राति भागेका ६७ जना बालबिज्ञाइकर्ता किशोर अझै पनि फरार छन्।

कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेका अनुसार हालसम्म ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरिसकेको छ, तर ६७ जना सम्पर्कमा आइसकेका छैनन्। अभिभावकलाई सम्पर्क गरी तुरुन्त सुधारगृहमा ल्याउन आग्रह गरिएको छ, नआए कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

बालसुधारगृहमा कुल १४२ जना थिए।

जिल्ला प्रहरी प्रमुख गौतम मिश्रका अनुसार फरार किशोरहरूको खोजी तीव्र पारिएको छ। यसैबीच, वीरगञ्ज कारागारबाट कैदी भाग्न खोज्दा नेपाली सेना लगायत तीन सुरक्षा निकायको सतर्कताले रोकिएको छ। हाल त्यहाँको सुरक्षा नेपाली सेनाले सम्हालेको छ।

प्रतिक्रिया दिनुहोस्