Logo
Logo

त्रिचन्द्रमा संविधान पक्षधर विद्यार्थीलाई जेन–जी समूहले लखेटे


1.4k
Shares

काठमाडौं । संविधानको पक्षमा प्रदर्शन गर्न त्रिचन्द्र क्याम्पस पुगेका नेपाल विद्यार्थी संघ नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई जेन–जी आन्दोलनकारी समूहले रत्नपार्कतर्फ लखेटेको छ।

संविधानको रक्षा र राष्ट्रिय एकताको पक्षमा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गर्ने प्रयास गरेका थिए। तर, त्रिचन्द्र परिसरमै रहेका जेन–जी समूहका प्रदर्शनकारीहरूले उनीहरूलाई विरोध गर्दै धकेल्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो।

झडपको स्थिति आउन नदिन सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहे पनि विद्यार्थीहरू त्रिचन्द्रबाट रत्नपार्कतर्फ पछि हट्न बाध्य भएका थिए। घटनामा केही समय अफरातफरी मच्चिएको थियो, तर ठूलो क्षति भने भएको छैन। तीन विद्यार्थी संगठनले जारी विज्ञप्तिमा भनेका छन्, “संविधानको पक्षमा आवाज उठाउने नै त्रासमा पारिनु दुर्भाग्यपूर्ण हो। लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसरमाथि भएको आक्रमण अस्वीकार्य छ।”

जेन–जी समूहले भने आफ्नै आन्दोलनलाई कमजोर पार्ने उद्देश्यसाथ अरू समूह प्रवेश गर्न खोजेको भन्दै त्यसको प्रतिकार गरिएको तर्क गरेको छ।

जेन–जी आन्दोलनको प्रभाव बढ्दो भइरहेका बेला, संविधान समर्थक समूह र जेन–जीबीचको ध्रुवीकरण खुला सडकमा देखिन थालेको छ। संविधानको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्ने प्रयासमाथि अवरोध आउनुले राजधानीमा स्थिति अझ तनावपूर्ण बन्दै गएको संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्