काठमाडौं । भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा देशभरका कारागार र प्रहरी इकाइमा भएको तोडफोड र आगजनीपछि फरार भएका १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवालाई प्रहरी प्रधान कार्यालयले कारागार वा नजिकको प्रहरी इकाइमा फर्किनअनुरोध गरेको छ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, थोरै मात्र कैदीबन्दी आफैं फर्किएका र केही पक्राउ परेका छन्। फरारहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरिएको छ।














