Logo
Logo

जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जलीसभा


1k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा त्रिवि शिक्षण अस्पतालमा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। मृतकका आफन्तहरूले आँशुमा डुबेर आयोजित कार्यक्रममा सहभागिता जनाएका थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार, विभिन्न अस्पतालबाट संकलित विवरणअनुसार मृतकको संख्या ३४ पुगेको छ। प्रदर्शनका क्रममा घाइते भएका १,३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् भने ९४९ जना डिस्चार्ज भइसकेका छन्।
सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा सबै स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्