Logo
Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घन्टासम्म बन्द हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।

देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) बाट दैनिक १० घन्टा पूर्ण रुपमा बन्द हुने भएको छ। त्रिभुवन विमानस्थलको धावनमार्गको पीच परिर्वतनका लागि बेलुका १० बजेबाट बिहान ८ बजेसम्म सबै उडान तथा अवतरण बन्द गर्न लागिएको हो ।


विमानस्थल महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार रातिको समयमा हुँदै आएको उडान तथा अवतरणलाई कसरी व्यवस्थापन गर्ने भने विषयमा छलफल सुरु भएको छ । सन् १९७५ को दशकमा निर्माण भएको रनवेको पीच पहिलो पटक परिवर्तन हुन लागेको हो। पीच सुधार हुने भएकाले विमानस्थल बन्द गर्दा एयरलाइन्स कम्पनीहरुले पूर्ण रुपमा सहयोग गर्ने भएका छन्।
‘एयरलाइन्स कम्पनीहरुले पनि आफ्नो धारणा दिइरहेका छन्, क्षेत्रीले भने, ‘सकेसम्म विमानस्थल कार्यालयले पनि उडान संख्या कटौती नगर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।’
विमानस्थल कार्यालयका आन्तरिक तर्फको उडानमा भन्दा अन्तर्रा्ष्ट्रियतर्फ हुँदै आएको उडान व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको उनी बताउँछन् ।
सम्भव भएसम्म उडान कटौती नै नगरी व्यवस्थापनको तयारी भएको उनको भनाइ छ। तर, उडान नै कटौती गर्नुपरेको अवस्थमा भने सातामा र दैनिक रुपमा उडान गर्दै आएका एयरलाइन्स कम्पनीको उडान संख्या र चापलाई हेरेर उडान तालिक तय गरिने उनले बताए।
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक ३ अर्ब ७५ करोड रुपैयाँ रनवे पिच परिर्वतनका लागि सम्झौता हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले जानकारी दिए। रनवे पिच परिर्वतनमा करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्