
नवलपरासी । नवलपरासी कारागारबाट भागेका कैदी फर्किन थालेका छन् ।
बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने ।
कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले बताए । नवलपरासी कारागारमा रहेका कूल ५७५ कैदीमध्ये बुधबार ५४३ जना भागेका थिए ।














