Logo
Logo

जेनजी विद्रोहलाई प्रतिगमनतर्फ धकेल्ने षड्यन्त्र भयो : आहुति


1.3k
Shares

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टी नेपालले जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ । सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको वैज्ञानिक समाजवादी पार्टी नेपालले जनाएको छ । 

The current image has no alternative text. The file name is: aahuti.gif

महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ ।  महान् विद्रोहलाई सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र चरम उत्कर्षमा छ ।’

उनले जेनजी विद्रोहको उद्देश्य र भावना संसदीय चुनावका लागि नभएको पनि जनाएका छन् । ताजा जनादेशका लागि अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेका बेला आहुतिले त्यसले नेपालको संकट समाधान हुन नसक्ने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,  ‘यहाँ प्रस्ट हुनै पर्दछ कि जेनजी विद्रोहको उद्देश्य र भावना एक थान संसदीय सरकार परिवर्तन र एक थान संसदीय चुनावको मञ्चन कदापि थिएन र हुन सक्दैन, किनभने त्यसरी नेपालको समाजको संकट समाधान हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्