Logo
Logo

मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माण गरिने


630
Shares

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम थालिने भएको छ ।

The current image has no alternative text. The file name is: darbar-2.gif

शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको निरीक्षणपछि सबै मन्त्रालयमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछि मात्रै सरसफाइ गरिने मन्त्रालयहरूले जनाएका छन् । 

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयको प्रायः सबैमा क्षति पुगेको बताए । मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने भएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट सरकारी सम्पत्तिहरू ध्वंस बन्न पुगेका थिए । उक्त दिन आन्दोलनकारीले सिंहदरबारमा आगजनी सहित तोडफोड गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्