Logo
Logo

वीरगञ्ज कारागारबाट कैदी भाग्न सकेनन्


378
Shares

वीरगञ्ज । मुलुकभर कैदीबन्दी भागेका बेला वीरगञ्ज कारागारबाट भने एक जना पनि भाग्न नसकेको कारागार प्रशासनले जनाएको छ।

कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार कैदीहरूले पर्खाल भत्काएर भाग्न खोजे पनि सुरक्षाकर्मीको समयमै हस्तक्षेपले प्रयास विफल भएको हो।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर र घुँडामुनि गोली प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको बताए। हाल कारागारमा सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त सुरक्षा घेराबन्दी छ।

प्रतिक्रिया दिनुहोस्