Logo
Logo

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक-फरक दुई शक्तिशाली आयोग बनाउनु पर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ ।’

दुई दिनको प्रदर्शनमा प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ । जेनजीले गरेको पहिलो दिनको प्रदर्शनमा २१ जनाको मृत्यु भएको थियो । दोस्रो दिन (भदौ २४ मा) अन्य थपको मृत्यु भएको हो ।

दोस्रो दिनको प्रदर्शनमा सरकारी संरचना, दलका नेताको निवास, उद्योगी व्यवसायीको निवास तथा पसलमा आगलागी गरिएको थियो । दुई दिनमा भएका घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । कांग्रेस महामन्त्री थापाले अघिल्लो प्रदर्शनका क्रममा भएका घटना र भ्रष्टचारका लागि छुट्टाछुट्टै आयोग बनाउनुपर्नेमा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्