काठमाडौं। जेनजी आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूलाई २०७२ को भूकम्पभन्दा धेरै क्षति हुने अनुमान गरिएको छ।

२३ भदौदेखि सुरु भएको आन्दोलनमा हालसम्म ५० भन्दा बढी युवाको मृत्यु भइसकेको छ भने मंगलबार देशभर आक्रोशित भीडले सिंहदरबार, सर्वोच्च अदालत, बैंक, शोरुम, स्टोर र औद्योगिक क्षेत्रसम्ममा व्यापक तोडफोड र आगजनी गरेका थिए।
बीमा कम्पनीहरूका अनुसार अधिकांश क्षतिग्रस्त सम्पत्तिहरू बीमित रहेकाले अर्बौंको दाबी आउनेछ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीका अनुसार यसपटकको क्षति २०७२ को भूकम्प १८ अर्बभन्दा बढी हुन सक्ने देखिन्छ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई सम्पत्ति, गाडी, इन्जिनियरिङ, कृषि, पशु बीमा लगायत शीर्षकमा आएका दाबी छिटो भुक्तानी गर्न निर्देशन दिएको छ।
हाल क्षतिको विवरण संकलन भइसकेको छैन, तर बीमा दाबीको चाप अत्यधिक हुने निश्चित देखिएको छ।














