Logo
Logo

सीसा-हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने


441
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सीसाजन्य हानिकारक फोहरबारे विभिन्न तर्फबाट सङ्कलनको माग आएको छ । यस्ता फोहरहरूलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुर्‍याउन नमिल्ने भएको त्यसलाई छुट्टै संकलन हुने भएको छ । 

The current image has no alternative text. The file name is: katahamanadu.gif

‘फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूले यस्ता सीसाजन्य फोहरहरूलाई अन्य फोहरसँग मिसाउन नदिनुहोस्’, महानगरले सूचनामा भनेको छ, ‘महानगरपालिकाले उक्त फोहोरको व्यवस्थापन गर्दै छ ।’

त्यस्ता फोहरहरूलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरको वातावरण व्यवस्थापन विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्