काठमाडौं। जेनजी आन्दोलनपछि उत्पन्न अन्योल र राज्यविहीनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पेसागत सञ्जाल पापडले शुक्रबार नेपाल बार एसोसिएसन परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले ूसंविधानको रक्षा गरौं, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गरौं र संविधान बचाऔं, देश जोगाऔं भन्ने प्लेकार्ड बोकेका थिए।
पापडले संवैधानिक विधिबाट देशलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिँदै अहिले देखिएको संकट समाधानका लागि लोकतान्त्रिक मूल्यमान्यता पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।














