Logo
Logo

संविधानको धारा ६१ अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्त


3.7k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

नयाँ संविधानपछि सरकार गठनका लागि धारा ७६ प्रयोग हुँदै आएकोमा, जेन–जी आन्दोलनपछिको विशेष परिस्थितिमा कार्कीलाई धारा ६१ अनुसार नियुक्त गरिएको हो।

उक्त धारा राष्ट्राध्यक्षको भूमिका सम्बन्धी भए पनि राष्ट्रहित र संवैधानिक संकट समाधानका लागि राष्ट्रपतिले सो व्यवस्था प्रयोग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्