Logo
Logo

नवनियुक्त प्रधानमन्त्रीलाई उपेन्द्रले दिए बधाई


756
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नवनियुक्त प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना दिएका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै नेता यादवले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

साथै उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्