Logo
Logo

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन ८ दलको माग


11.7k
Shares

काठमाडौं । विघटित प्रतिनिधि सभाका आठ राजनीतिक दलका प्रमुख सचेतकहरूले संसद् विघटनलाई जनआन्दोलनको मर्म र नेपालको संविधानविपरीत ठहर गर्दै तत्काल संसद्को बैठक बोलाउन माग गरेका छन् ।

The current image has no alternative text. The file name is: 8party.jpg

शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादित नजिर तथा सिद्धान्तहरू र नेपालको संवैधानिक परम्पराविपरीत छ। यसले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रत्यक्ष प्रहार गरेको छ। तसर्थ, प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाएर जनता र आन्दोलनरत समूहको मागलाई जननिर्वाचित संस्थाबाटै सम्बोधन गर्ने वातावरण सिर्जना गर्न सबै सम्बन्धित पक्षसँग जोडदार अपिल गर्दछौँ।’

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकसेपा (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरू छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यो विज्ञप्तिमा हस्ताक्षर गरेको छैन । विज्ञप्तिमा विघटनलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापनाको माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्