काठमाडौं । प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो लगाएका छन् । रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको कक्षमा आगजनी गरेका हुन् भने उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा तोडफोड भएको छ ।

गाउँपालिका कार्यालय नजिकै कोठा भाडामा लिएर बस्ने जिसीले शुक्रवार राति यो घटना घटाएका थिए । अघिल्लो सरकारको पालादेखि नै गाउँपालिकामा करार सेवामा कार्यरत जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
कार्यालयकै कर्मचारीले आगो लगाएपछि अन्य कर्मचारीहरूमा त्रास फैलिएको छ । गाउँकार्यपालिकाको आइतबार बिहान साढे ७ बजे बस्ने बैठकले आगजनी गर्ने जिसीमाथि कारबाहीको निर्णय गर्ने छ ।














