Logo
Logo

फेरी अनेरास्ववियुमा फर्कन खोजेपछि कडरियाको नेमप्लेट जलाइयो


4k
Shares

काठमाडौं । सङ्गठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट जलाएका छन् ।

The current image has no alternative text. The file name is: kadayari.gif

अनेरास्ववियुका नेता-कार्यकर्ताले शनिवार उनको फोटोसमेत तोडफोड गरेका छन् । जेन–जीको प्रदर्शनका चर्कँदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको हताहती भएपछि पदमा बसिरहन नैतिकताले नदिने उनको भनाई थियो ।

तर भोलिपल्टै उनले आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको भन्दै राजीनामा फिर्ता लिन खोजेका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन। तर कार्यकर्ताले भने ‘फर्केर पनि अखिलको कार्यालय नहेर्नु’ भन्दै उनलाई अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्