काठमाडौं । ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घर फर्केका छन् । भिडियो सार्वजनिक गर्दै जेल फर्किने बताएका लामिछाने सुरक्षाको कारण देखाउँदै घर फर्केका हुन् ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार नख्खु कारागारले सुरक्षा व्यवस्था देखाउँदै रविलाई राख्न नमानेको हो । उनलाई कारागारले अहिले सुरक्षा दिने अवस्था नरहेको भन्दै जहिले बोलाइन्छ उहिले हाजिर हुने सर्तमा घर पठाएको हो ।
यसअघि जेनजी प्रदर्शनका क्रममा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । यसबीचमा कारागार प्रशासनले लामिछानेलाई रिहा गर्न भन्दै जारी गरेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । यद्यपि कारागारले प्रदर्शनका दिन फरार रहेका लामिछानेसहितका कैदीलाई फेरि बोलाएको छ ।














