Logo
Logo

नख्खु र जलेश्वर कारागारबाट भागेका थप दुई जना सिरहामा पक्राउ 


630
Shares

 काठमाडौं । भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा नख्खु कारागार काठमाडौं र जलेश्वर कारागार महोतरीबाट जेल तोडेर भागेका थप दुई जना कैदीलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । यसअघि तीन जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाएका थिए ।

The current image has no alternative text. The file name is: siraha.gif

प्रहरीका अनुसार लहान नगरपालिका-४ रघुनाथपका ५१ वर्षीय रामसेवक यादव र भारतको मधुवनी झंझारपुरका ३८ वर्षीय गोपाल साहलाई पक्राउ गरिएको हो । 

यादव बैङ्किङ कसुरमा काठमाडौं नख्खु कारागार कैद भुक्तान गरिरहेका थिए भने साह जलेश्वर कारागारमा ज्यान मार्ने उद्योग मुद्दामा पूर्वपक्षमा हिरासतमा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्