Logo
Logo

अधिकारका लागि अब कोही पनि शहिद हुनु पर्दैनः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता



काठमाडौ, १६ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहिद हुनु नपर्ने बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन ” प्रधानमन्त्री ओलीले भने “अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे । “हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं ” प्रधानमन्त्री ओलीले भने “अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।” सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए । “नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ” प्रधानमन्त्री ओलीले भने “मानिले यस देशलाई गरिब बनाउनु हुदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सबैलाई लोभ,लालच र भ्रष्टाचार त्याग्न आग्रह गरेका छन् । “आज सहीद दिवशको दिन । आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगारैं । देशको सबभन्दा ठुलो समयस्या भ्रष्टाचार हो । यसबाट देशलाई मुक्त गरौं ।” सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौर स्थित शहीद स्मारकमा माल्यर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्