Logo
Logo

सेयर बजार बुधबारदेखि पुनः खुल्ने


504
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण एक साता बन्द भएको सेयर बजार पर्सि बुधबार (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि असोज २ गतेसम्मको कारोबार स्थगन गर्ने अघिल्लो सूचना खारेज गर्दै बजार खोल्ने निर्णय गरेको हो।

नेप्सेले चाँडै यसबारे आधिकारिक सूचना सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्