काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र समयमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

पदभार ग्रहणपछि उनले अनुमतिपत्र ढिलाइको गुनासो समाधान गर्न र सडक सुधारका काम दसैँअघि सम्पन्न गर्न जोड दिए।
उनले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न सात दिनभित्र चार्जिङ स्टेसनसम्बन्धी प्रतिवेदन पेस गर्न आदेश दिएका छन्। साथै, विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार, मर्मत केन्द्र, ब्याट्री व्यवस्थापन, गुणस्तर सुधार र समन्वयबारे सुझाव सिफारिस गरिने निर्णय भएको छ।
सचिव केशवकुमार शर्माले विभागीय कार्यालयहरूमा भएको आगलागी र कामकाजको वैकल्पिक व्यवस्थाबारे मन्त्रीलाई जानकारी गराउँदै जनअपेक्षा अनुसार काम गर्न आग्रह गरेका छन्।














