चितवनमा महिलाको हत्या गर्ने तीन जना पक्राउ « Drishti News – Nepalese News Portal
Logo

चितवनमा महिलाको हत्या गर्ने तीन जना पक्राउ


- दृष्टि न्युज/संवाददाता



चितवन, १६ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए प्रहरीले पक्राउ परेकाको नाम खुलाएकौ छैन । लुटपाटकै लागि थापाको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्