Logo
Logo

श्रीमतीको इच्छाविपरीत सम्बन्ध राखेको आरोपमा भक्तपुरमा एक युवक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।
श्रीमतीको इच्छाविपरीत यौन सम्बन्ध राखेको आरोपमा भक्तपुरमा एक युवक पक्राउ परेका छन् । मध्यपुर ठिमी– ९ बाँडे गाँकु बस्ने ४१ वर्षिय रन्जन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।


श्रीमतीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको ठिमी वृत्तका डिएसपी मिलन केसीले बताए ।
सहमतिबेगर श्रीमतीसँग शारिरीक सम्बन्ध राखेपनि बलात्कार हुने कानूनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्