Logo
Logo

कांग्रेसले भन्यो-सिंहदरबार र सरकारी संरचना जलाउने अराजक हुन् 


378
Shares

काठमाडौं । देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित सरकारी संरचना जलाउनेलाई अराजकको संज्ञा दिएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सयौँ सरकारी संरचना र नीजि घरसमेत जलाउनेलाई अराजकको संज्ञा दिएको हो ।

The current image has no alternative text. The file name is: menbahadur.gif

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘जोकसैलाई पनि शान्तिपूर्ण विरोध प्रदर्शनलाई विरोध गर्न पाउने हक थियो । तर हिंसात्मक आन्दोलनका क्रममा धेरैको मृत्यु भयो, कयौँ घाइते भए । सरकारले घाइतेको निस्शुल्क उपचार गर्नुपर्छ । उक्त घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ । आपराधिक समूहद्वारा सिंहदरबारसहित कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा गम्भीर आक्रमण भएको छ। नेताका घर सार्वजनिक र निजी संरचनामा गरिएको तोडफोड र आगजनीप्रति कांग्रेसले निन्दा गरेको छ।’

कांग्रेसले यस प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन गर्न माग पनि गरेको । आगजनी र तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउनै पर्ने माग कांग्रेसले गरेको हो ।

विश्वकर्माले वर्तमान राजनीतिक समस्याको निकास यही संविधानबाट खोजिनुपर्छ बताउँदै उत्पन्न जटिलताको निकास यही संविधानबाट हुनुपर्ने  बताए । सथै उनले कांग्रेस संविधानको रक्षाका लागि अन्य दलसँग संवाद गर्न पनि तयार रहेको बताए । 

भदौ २३ र २४ गते प्रदर्शनमा उत्रिएका जेन-जीका जायज मागलाई आत्मसात गर्दै विधिवत् रूपमा सम्बोधन गर्न कांग्रेस तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्