पोखरा । पोखरामा जेनजी आन्दोलनको पहिलो दिन कास्की जिल्ला अदालत प्रमुख निशानामा परेको छ। रवि लामिछानेको मुद्दा रहेका फाँट ९ , फाँट नं. ३० बाटै आन्दोलनकारीले तोडफोड र आगजनी सुरु गरेका थिए।

मुख्य तथ्यहरू :
- कास्की जिल्ला अदालतका ५ न्यायाधीशका इजलास पूर्ण रूपमा नष्ट
- ७० हजार फैसलामध्ये करिब आधा अभिलेख जलेको अनुमान
- २,५०० चालु मुद्दामध्ये धेरैको मिसिल जलेको आशंका
- ४ वटा सरकारी सवारीसहित अदालत परिसरका धेरै सवारी पनि जले
- रविको मुद्दा रहेको फाँटमै सुरुमा हमला, त्यहीँ सहकारीसम्बन्धी सूर्यदर्शन आदि मुद्दाहरू थिए
- सूचना अधिकारी रामबहादुर किसानका अनुसार, सि सि टिभि फुटेजको हार्डडिस्क जाँचपछि थप प्रमाण आउँछ
- अदालतको नियमित सेवा ९जस्तै, बन्दीप्रत्यक्षीकरण, म्याद थप सुरु भए पनि पेशी र इजलास सञ्चालन अझै अनिश्चित
पूर्वन्यायाधीश राघवलाल वैद्यका अनुसार, हालको अदालत भवन पोखराको न्यायिक इतिहासको प्रतीक हो।
अधिवक्ता भगवती पहारीले महत्वपूर्ण नजीरयुक्त मुद्दाहरू नष्ट हुँदा न्याय प्रणालीमा गम्भीर प्रभाव पर्ने चेतावनी दिएकी छन् ।
यो हमला योजनाबद्ध थियो कि संयोग, खुल्न बाँकी भए पनि रविको मुद्दासम्बन्धी फाँटमा सुरु भएको आक्रमणले त्यसप्रति संकेत गर्छ। अदालत प्रणालीलाई सामान्य अवस्थामा फर्काउन अझै समय लाग्ने देखिन्छ।














