जनकपुर । सशस्त्र प्रहरी धनुषाले ८ सय ३५ किलो गाँजा बरामद गरेको छ । बिदेह नगरपालिका-३ गोबराहीस्थित बासको घारीमा लुकाएर राखिएको आठ क्विन्टल ३५ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीले गोप्य सूचनाका आधार शुक्रवार स्थानीय जोगिन्द्र साहले बासघारीमा बनाएको टहराबाट परिणामको लागूऔषध गाँजा बरामद गरेको हो ।
दुई दिनअघि विदेह नगरपालिका-३ स्थित इँटाभट्टामा राखेको ४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरिएको थियो ।














