नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रको पैसठ्ठी मोड नजिकै पहिरो खस्दा बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराका अनुसार, बुधबारदेखि आंशिक अवरुद्ध रहेको सडक आज दिउँसोदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको हो।
पहिरोका कारण हिलो बढ्दा ट्रकहरू फस्ने, गाडी चिप्लिने अवस्था देखिएको छ। नारायणगढ–बुटवल सडक आयोजनाले मर्मत र अवरोध हटाउने प्रयास जारी रहेको जनाएको छ।
सडक बन्द भएपछि पूर्व–पश्चिम यात्रा प्रभावित भएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।














