Logo
Logo

जिआइसी नेपाल र सिटिजन्स् बैंकबीच बैंकास्योरेन्स सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआइसी) नेपाल र सिटिजन्स् बैंक इन्टरनेसनलबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैंकबीच मंगलबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जिआइसी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवासुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्