Logo
Logo

प्रचण्डले छाडे माओवादी अध्यक्ष पद, अब संयोजक


3.7k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू अध्यक्ष नरहेको बताएका छन् । केन्द्रीय कमिटी बैठक समापन गरेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफू अध्यक्ष नरहेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: prachand-6.gif

‘अब म अध्यक्ष रहिन । संयोजक भएँ’ उनले भने । शुक्रवारदेखि बसेको माओवादी केन्द्रीय कमिटीको बैठक प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै आज सकिएको छ ।

शुक्रवारदेखि प्रज्ञा प्रतिष्ठान, कमलादीमा बसेको बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको छ भने नारायणकाजी श्रेष्ठको पूरक प्रस्ताव र उपमहासचिव जनार्दन शर्माको फरक मतलाई समेट्दै महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्