Logo
Logo

अब तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र चाहिने


1.6k
Shares

काठमाडौं । अब तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र चाहिने भएको छ । सरकारले अब तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र चाहिने व्यवस्था गरेको छ ।

The current image has no alternative text. The file name is: gher-jagga.gif

नेपालका सबै ६ महानगरपालिका र ११ उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

भदौ पहिलो साता राजपत्रमा प्रकाशित मालपोत नियमावली (आठौँ संशोधन) ले भने अनुमति पत्र नलिई घरजग्गा कारोबार गरेमा २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने व्यवस्था गरेको थियो ।

सो नियमावलीले यसरी इजाजत लिँदा एकपटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्नेलाई पाँच लाख रुपैयाँ नविकरण दस्तुर र एकपटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्नेलाई दश लाख रुपैयाँ दस्तुर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्