Logo
Logo

भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन कार्यदल गठन


693
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ ।

The current image has no alternative text. The file name is: karagar.gif

भागेका कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने कार्यलाई अझ सघन रूपमा अघि बढाउन शुक्रवार गृहमन्त्रीस्तरीय निर्णय गरिएको हो । कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रह समेत गरिएको छ । कार्यदललाई तीन बुँदे कार्यादेश समेत दिइएको छ ।

1
2

प्रतिक्रिया दिनुहोस्