Logo
Logo

ओलीले गुण्डुमै बोलाए एमाले सचिवालय बैठक


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो ।

The current image has no alternative text. The file name is: kp-oli.gif

जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो । बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ ।

गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी अहिले गुण्डुमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्