Logo
Logo

रास्वपालाई चुनावसम्म बनस्थलीमै पार्टी कार्यालय राख्न दिन घरबेटी सहमत


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को बनस्थलीस्थित केन्द्रीय कार्यालय आगामी फागुन (चुनाव) सम्म नसारिने भएको छ । घरबेटी भरतमणि देवकोटाले जेनजी आन्दोलनपछि असुरक्षा महसुस गर्दै तीन महिनाभित्र घर खाली गर्न आग्रह गरेका थिए । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

तर, रास्वपाको नेतृत्वले चुनावसम्म बस्न अनुरोध गरेपछि देवकोटा सहमत भएका हुन् । ‘हाम्रो सम्झौताअनुसार तीन महिनाभित्र घर खाली गर्न सूचना दिएका थियौँ,’ देवकोटाले भने, ‘पार्टी नेतृत्वले हाम्रो चिन्ता बुझ्यो र खाली गर्न सहमत भयो, तर करिब छ महिनासम्म बस्न अनुरोध गर्‍यो । हामीले उनीहरूको चिन्तालाई बुझेर लचकता देखायौँ ।’ देवकोटाको निवास पनि सोही घरमा छ, र सम्पत्तिको सुरक्षामा आशंका भएपछि उनले कार्यालय सार्न आग्रह गरेका हुन् ।

 ‘पार्टीसँग छलफल गरी अल्पकालीन उपायहरू अपनाइयो, जस्तै बीमा, नियमित सुरक्षा प्रणाली, र पार्टीका केही सदस्य परिसरमै बस्ने व्यवस्था,’ उनले भने, ‘पार्टीको झण्डा र साइनबोर्ड हटाउन सुझाएँ, तर त्यसो गरिएन। सशस्त्र प्रहरीको सुरक्षा माग्ने प्रक्रिया पनि अघि बढेको छ।’ आन्दोलनका क्रममा देखिएको कमजोर सुरक्षा र सम्भावित क्षतिको डरले देवकोटा अझै पूर्ण सुरक्षित महसुस गर्न सकेका छैनन् ।  

प्रतिक्रिया दिनुहोस्