काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।

सरकारले पूर्वपदाधिकारीलाई प्रदान गरिएका सवारीसाधनलगायत सुविधा फिर्ता गर्न निर्देशन दिएपछि तिमिल्सिनाले बा सी ३७३८ नम्बरको गाडी कास्की जिल्ला प्रशासन कार्यालयमार्फत फिर्ता गरेका हुन् ।
तिमिल्सिनाले राष्ट्रिय सभाको पूर्वअध्यक्षको हैसियतले प्रयोग गर्दै आएको उक्त गाडी फिर्ता गरेको जानकारी दिए । उनको कार्यकाल २०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएपश्चात् सोही वर्ष अध्यक्षमा नियुक्त भई २०८० फागुन २० गते ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएको थियो ।














