Logo
Logo

दीपकराजको संगीतमा नारायण र मेलिनाले गाए दशैँ गीत ‘टिका जमरा’


630
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा रुचाइएका संगीतकार दीपकराज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ‘टिका जमरा’ ल्याएकी छन् । मौलिक सांस्कृतिकपनलाई झल्काउँँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ ।

नेपालीहरूको महान चाड बडादशैँलाई म्युजिक भिडियोमार्फत निर्देशक दीपकराज विश्वकर्माले आफूभन्दा ठूलाबडाका आशीर्वाद र माया साट्ने विशेष दिनलाई सम्झना गरेका छन् । दुर्गा खाती गजमेरको प्रस्तुति रहेको ‘टिका जमरा’ म्युजिक भिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेलीले अभिनय गरेका छन् ।

छायाङ्कन विशाल थापा र रमेश दियाली गरेको यस भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् । म्युजिक भिडियोलाई सम्पादन भने दिनसन गरेका हुन् । गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरको मेल भोकल रहेको छ ।

प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने श्रष्टा गायक नारायण गजमेरले आधा दर्जनभन्दा गीत सार्वजनिक गरिसकेका छन् । २०१६ मा सार्वजनिक गरिएको एल्बम ‘निश्चल’ उनको पहिलो सांगीतिक कोसेली थियो, जहाँबाट नेपाली गीत संगीतमा पहिलो कदम चाल्दै हालसम्म पनि अनवरत रुपमा संगीत क्षेत्रमै छन् ।

उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्मको गायक रूपमा समेत चिनिन्छन् । उनले २५० भन्दा बढी डिजिटल प्ल्याटफर्ममा नेपाली गीत संगीतको बजार अन्तर्राष्ट्रियसम्म पुर्याउने काम गरेका छन् । जतिबेला नेपालको कुनै पनि गीत संगीत अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्ममा उपलब्ध थिएन । पछिल्लो समयमा रातो रिबन, चोर्यो मायाले दर्शकको मन र मुटुमा बस्न सफल भएका छन्। चोर्यो मायाको अपार सफलतापछि उनी विभिन्न स्टेज प्रोग्राममा सांगीतिक प्रस्तुतिमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्