Logo
Logo

चीन विरोधी गतिविधि रोक्ने गृहमन्त्रीको प्रतिबद्धता


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, १६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

????????????????????????????????????


गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेको उनका प्रेस संयोजक किरण भट्टराईले बताए ।
भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले राजदुत यान्छी मार्फत चिनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चिन सम्बन्ध थप उचाईमा पु¥याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।
नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत राजूदत यान्छीले व्यक्त गरेकी छिन् । राजदुत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्