काठमाडौं । टकिटकर आँचल नाथको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी भनिएका युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार जडबिुटीस्थति एक ग्यारेजमा आगो लागेर गम्भीर घाइते भएकी २२ वर्षीया आँचलको शुक्रवार उपचारका क्रममा काठमाडौं मेडकिल कलेजमा निधन भएको थियो ।

प्रहरीले उनले आत्मदाह गरेको निष्कर्ष निकालेको छ । जल्ला प्रहरी परसिर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आत्मदाहको भिडियो फुटेज सुरक्षित छ, तर उनलाई ग्यारेजसम्म कसले र किन पु¥यायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ ।
आँचलका परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रेमी भनिएका युवक पक्राउ परेका छन् । साथै, आँचलको डेरा नजिकै बस्ने एक महिलासँग उनको भनाभन भएको र तिनै महिलाले सञ्चालन गरेको ग्यारेजमा घटना भएकाले प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको थियो ।
परिवारले ती महलिामाथी शङ्का गरेका छन् । आँचलले पछिल्लो समय टिकटकमा निराशाजनक पोस्टहरू राख्दै आएकी थिइन् । चार दनिअघि उनले लेखेकी थिइन्, “मेरो त हरेक चिजदेखि मन मरिसक्यो ।” कञ्चनपुर, कृष्णपुर–२ की बासिन्दा आँचल युरोपमा वैदेशिक अध्ययनका लागि भिसा लगाइ सकेर जाने तयारीमा थिइन् । अविवाहित रहेकी उनको टिकटकमा १ लाख २० हजार फलोअर्स थिए ।









