Logo
Logo

हर्क साम्पाङको चुनाव चिन्ह ‘माटो’


693
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले ‘श्रम संस्कृति पार्टी’ नाममा दल दर्ताका लागि असोज ७ गते निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ । 

The current image has no alternative text. The file name is: hark.jpg

यो कुरा सञ्चारमाध्यममार्फत बाहिरिएपछि उनले निवेदन दिएको स्वीकार गरेका छन् । साम्पाङले सुरुमा निवेदन गोप्य राखेका थिए, तर समाचार सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत भने, ‘निर्वाचन आयोगले सूचना बाहिर ल्याइहाल्यो । पार्टीको नाम श्रम संस्कृति पार्टी हो, र चुनाव चिन्ह माटो हो ।’

उनले भ्रम नछर्न र भ्रमित नहुन पनि आग्रह गरे । यसअघि, साम्पाङले जेनजी आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी गठन गर्ने संकेत गरेका थिए । तर, आन्दोलनपछि दुवैको सम्बन्ध बिग्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्