Logo
Logo

चीनद्वारा बाढी प्रभावित पाकिस्तानलाई राहत सहयोग


504
Shares

बेइजिङ । चीनियाँ सरकारले  आइतबार पाकिस्तानलाई प्रदान गरेको आपत्कालीन बाढी राहत आपूर्तिको पहिलो मात्रा आइतबार मध्य चीनको झेंग्झाउबाट पठाइएको चिनियाँ वायु सेनाले जनाएको छ ।  

The current image has no alternative text. The file name is: chaina-3.gif

राहत स्वरुप दुईवटा वाई-२० विमानले टेन्ट र कम्बलसहितका अत्यावश्यक सामाग्रीहरू पाकिस्तानको राजधानी इस्लामाबादमा पुगाएको  जनाइएको छ ।  

गत जुन महिना देखि गम्भीर बाढीको सामना गरिरहेको पाकिस्तानमा ठुलो क्षति भएको छ भने कयौँ पाकिस्तानीहरू प्रभावित भएका छन् । यस विसम परिस्थितीमा चीनले पाकिस्तानलाई आपत्कालीन सहायतामा दुई मिलियन अमेरिकी डलर नगदसमेत प्रदान गरेको जनाइएको छ ।  

यसै गरी पाकिस्तानको बाढी पछिको पुनर्निर्माणलाई थप सहयोग गर्न चीनियाँ सरकारले थप १० करोड युआन (लगभग १४ मिलियन अमेरिकी डलर)  मूल्यको आपत्कालीन बाढी राहत आपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । बाँकी आपूर्तिहरू तत्काल तयार भइरहेको तथा आगामी दिनमा क्रमश स पठाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्