काठमाडौं । देशभर दसैँको रौनक छाए पनि उखु किसानहरू भने भुक्तानी नपाएर निराश छन् । सिरहा, सर्लाही, नवलपरासीसहितका किसानले गत वर्षको उखुको भुक्तानी अझै पाएका छैनन् ।

सिरहाका किसान रामस्वरुप महतोदेखि सर्लाहीका शेख स्तिहाद र रामकुमार महतोसम्म सबैको समस्या उस्तै छ मिलले पैसा नदिएको, सरकारले अनुदान घटाएको, मल बीउ र सिँचाइ नपाएको ।
सरकारले आर्थिक वर्ष २०८१ ८२ मा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने वाचा गरे पनि अहिले मात्र ३५ रुपैयाँ अनुदान दिइएको छ। ६०० किसानले भदौमा माइतीघरमा आन्दोलन गर्दै अनुदान माग गरेका थिए। सरकारले दसैँअघि नै अनुदान दिने प्रतिवद्धता गरे पनि सरकार परिवर्तनपछि सो वाचा अधुरै रह्यो।
उखु उत्पादन महासंघले एक अर्ब ६० करोड अनुदान माग गरिरहँदा सरकारले अहिले ८८\७५ करोड मात्र निकासा गरेको छ ।
पछिल्ला पाँच वर्षमा उखुखेती ७ हजार हेक्टरले घटेको छ। किसान संघ र महासंघले सरकारसँग सम्झौता कार्यान्वयन र समस्या समाधानमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् ।
दसैँ त आयो, तर किसानका घरमा रमाइलो होइन , चिन्ता मात्र छ।














