काडमाडौं । बडादशैं र तिहारको उपलक्ष्यमा लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता आयोजना गर्दैछन् ।

यस संस्थाले विभिन्न सौन्दर्य प्रतियोगिताहरू पनि आयोजन गर्दै आइरहेको छ । यस संस्थाकी अध्यक्ष पूजा रेग्मी महन्तले बालबालिकाहरूमा मित्रता भाव, आफ्नो संस्कृतिको पहिचान गराउने उद्देश्यले नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बताइन् ।
उनका अनुसार नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले भाग लिन सक्नेछन् । २ः३० मिनेटको दशैँ तिहार गीतमा नृत्य गरेर पठाउन सकिनेछ ।
प्रतियोगितामा पहिलो हुनेलाई नगद पुरस्कार १५ हजार, दोस्रो हुनेलाई नगद पुरस्कार १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ साथै सोसल मिडिया पपुलर अवार्ड पनि वितरण गरिने उनले बताइने । निशुल्क रुपमा यस प्रतियोगितामा भाग लिन सकिने आयोजकले जनाएको छ । उत्कृष्ट दशैँ तिहार नृत्यहरूलाई ग्रान्ड फिनालेमा प्रस्तुत गरिने छ ।











